जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ०९:३५

पुलको सुरक्षा पर्खालमा रात्रिबस ठोक्कियो


काठमाडौं, मंसिर १३ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना हुनबाट जोगिएको छ । काकडभिट्टाबाट ४५ यात्रुसहित आएको ना ५ ख ५२३६ नम्बरको शुभबिहानी यातायातको बस बिहीबार बिहान पौने ५ बजे तीव्र गतिका कारण मलेखु पुलको मुखको सुरक्षा पर्खालमा ठक्कर खाएर घरतिर मोडिएको हो ।

चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक नेत्र भट्टको अनुमान छ ।

चालक अर्जुन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।