काठमाडौं, मंसिर १६ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनको सबैभन्दा ठुलो प्रभाव नेपालले खेपिरहेको बताउनुभएको छ ।
नेकपा एमालेको वन तथा वातावरण विभागले आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै पश्चिमा औद्योगिक मुलुकहरूले आफ्नो समुन्नतिको लागि मानव जीवनसँग भयङ्कर खेलबाड गरेको उहाँले बताउनुभयो । ‘हाम्रा हिमाल पग्लिरहेका छन्, हाम्रा पानीका स्रोतहरू सुकिरहेका छन्, नेपाल गरेको योगदानको मूल्याङ्कन नभएको मात्र होइन, हामी दण्डित भएका छौँ’, उहाँले भन्नुभयो ।
वातावरणको रक्षका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताउँदै उहाँले यसमा नेपाल जस्ता मुलुक जिम्मेवार नरहेको बताउनुभयो । यसमा औद्योगिक मुलुक जिम्मेवार भएको बताउँदै उहाँले ती मुलुकले त्यसको क्षतिपूर्ति दिनु पर्नेमा जोड दिनुभयो ।
प्राकृतिक साधन स्रोतको दिगो प्रयोगको योजना बनाउनु पर्ने बताउँदै उहाँले स्थानीय समुदायले वास्तविक लाभ लिने गरी योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्