जनता टाइम्स

२१ मंसिर २०८२, आईतवार १३:२६

गोवाको नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु


काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । नाइटक्लबमा एक्कासी आगलागी हुँदा पर्यटकसहित २५ जनाको मृत्यु भएको हो । आगलागीमा परेर ६ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् । थप विवरण आउँन बाँकी छ ।