जनता टाइम्स

२१ मंसिर २०८२, आईतवार १७:३९

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री


काठमाडौं,  मंसिर २१ । बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार फर्किनुभएको छ । बालेन्द्रको सिनमंगल–गैह्रीगाउँस्थित निवासमा आइतबार दिउँसो २ बजे पुगेर उहाँले परिवारजनलाई समवेदना प्रकट गरेर सिंहदबार फर्किनुभएको हो । जेन–जी आन्दोलनपछि बालेनकै बलमा प्रधानमन्त्री बन्नुभएकी कार्की फागुन २१ मा चुनाव गराउने पक्षमा हुनुहुन्छ । लेनका बुवा रामनारायणको मंसिर १५ गते नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा निधन भएको थियो । रामनारयणको पुर्ख्यौली थलो महोत्तरी हो ।