काठमाडौं, मंसिर १३ । दैलेखमा माइक्रो बस (हाइस) दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा विरेन्द्रनगरनगरपालिका ३ सुर्खेतका ५७ वर्षीय थिरे सुनार, सानोश्री नगरपालिका ८ बर्दियाका २९ वर्षीय नामबहादुर बडुवाल र उनका पत्नी २७ वर्षीया कमला बडुवाल रहेको दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित १५ जना घाइते हरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । विरेन्द्रनगर नगरपालिका १८ का चालक नरेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दैलेखको गुराँस गाउँपालिका ४ घोडाबास नजिकै दुर्घटना भएको थियो ।
दैलेख माइक्रो बस दुर्घटना अपडेट –मृतक सवैको सनाखत (नामसहित)

प्रतिक्रिया दिनुहोस्