जनता टाइम्स

२४ मंसिर २०८२, बुधबार १४:२१

एमाले रामेछापकाे लिखु तामाकोशी र सुनापती भूगाेल तथा सम्पर्क मञ्चको महाधिवेशन–केन्द्रित तयारी बैठक : सांस्कृतिक झाँकि सहित सहभागिता जनाउने 


काठमाडौँ, मंसिर २४ । नेकपा (एमाले) रामेछाप लिखुतामाकोशी र सुनापती गाउँपालिका भूगोल तथा सम्पर्क मञ्चकले पार्टीकाे ११ औँ महाधिवेशन–केन्द्रित जनपरिचालन तयारी बैठक काठमाडौंमा सम्पन्न गरेकाे छ। बैठक एमाले पोलिटब्युरो सदस्य तथा रामेछाप इन्चार्ज कमल चौलागाईको प्रमुख आतिथ्यतामा सुनापती गाउँपालिका अध्यक्ष रोज ग्यापकको अध्यक्षतामा भएकाे हाे ।

कार्यक्रममा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख शान्ती प्रसाद पौडेल, रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, जिल्ला सचिव प्रकाश कुमार कार्कीलगायत वाग्मती प्रदेश कमिटी, प्रदेश सम्पर्क, जिल्ला कमिटी, जिल्ला सम्पर्क, युवा सङ्घ, अनेरास्ववियु, पालिका कमिटी र सम्पर्क मञ्चका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकले कपा (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनलाई सफल, भव्य र शिष्ट बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल गरिएको बैठकमा सहभागीहरुले जनाएका छन्। बैठकले  महाधिवशेनकाे दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिसहित र्‍याली आयोजना गर्ने निर्णय गरेको छ। झाँक्री नृत्य, पञ्चे बाजा तथा स्थानीय सांस्कृतिक कार्यक्रम सहित महाधिवेशन उद्घाटनलाई उत्साहपूर्ण बनाउन योगदान पुर्‍याउने बैठकले निर्णय गरेकाे छ ।

निर्णयअनुसार वाग्मती पेट्रोल पम्प नजिकैको  एसएस चोकमा महाधिवेशनकाे बिहान ११:०० बजे सहभागीहरू जम्मा भई र्‍यालीमा सहभागिता जनाउने भएका छन्।

बैठकमा वक्ताहरूले महाधिवेशनलाई संगठन सुदृढीकरण, जनसंपर्क विस्तार र राजनीतिक उर्जाको प्रदर्शन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।