जनता टाइम्स

२५ मंसिर २०८२, बिहीबार ०७:२६

प्रधानमन्त्री कार्यालयभित्र जेनजी प्रतिनिधिबीच विवाद, च्यातियो सम्झौता पत्र


काठमाडौं, २५ मंसिर । सरकार र जेनजीबीच सम्झौता पत्रमा हस्ताक्षर भएलगत्तै विवाद सुरू भएको छ। बुधबार प्रधानमन्त्री कार्यालयभित्रै जेनजी समूहहरूबीच विवाद भएको हो। जेनजी आन्दोलनलाई हाइज्याक गरेको र नाममात्रको सम्झौता भएको बताउँदै केही जेनजी प्रतिनिधिहरूले विवाद गरेका हुन्।
जेनजी अगुवा अजय सोडारीले प्रधानमन्त्री कार्यालयभित्रै सम्झौता च्यातेर फाल्नुभएको थियो। उहाँले विभिन्न बहाना बनाएर नाममात्रको सम्झौता भएको र यसले जेनजी आन्दोलनको भावनालाई पनि नसमेटिएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग समेत गर्नुभयो । उहाँले यो सरकारले संविधान पुनःलेखन नगरेको र शासकीय स्वरुपका विषयमा पनि केही नबोलेको आरोप लगाउनुभयो । सरकार र जेनजीहरूबीच बुधबार १० बुँदे सम्झौता भएको थियो।