जनता टाइम्स

२५ मंसिर २०८२, बिहीबार ०७:५०

महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो १६ जना उपप्राध्यापक (सुचनासहित)


काठमाडौं,   मंसिर २५।  चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले १६ जना उपप्राध्यापक मागेको छ।बिहीबार विज्ञापन जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६ जना उपप्राध्यापक माग्दै दरखास्त आह्वान गरेको हो।

विज्ञापन अनुसार कार्डियोलोजी, कार्डियोथोरासिक भास्कुलर एनेस्थेसियोलोजी, एनेस्थेसियोलोजी, ओलर एन्ड म्याक्सिल्लो फेसियल सर्जरी, सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी, अर्थोपेडिक्स, न्युरो सर्जरी, न्युरोलोजी एन्ड मिर्गौला प्रत्यारोपण लगायतका विभिन्न विषयका लागि उपप्राध्यापक पदमा आवेदन खुलाएको हो।करार अवधी एक वर्षको हुने पनि जनाइएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिदेखि २८ दिनभित्र आवेदन बुझाउन सक्नेछन्।