जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार ०७:५१

कास्कीको शान्ती माबी मतदान केन्द्रमा बम बिस्फोट


काठमाडौं, मंसिर १४ । कास्कीको १६ वडा स्थित रहेको शान्ती माबी मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । विष्फोटपछि मतदातामा त्रास छाएको छ । समाजवादी उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङले मतदान गर्ने केन्द्र परिसर नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । यद्यपि नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उक्त विष्फोट गराउने समूह, ब्यक्तिको खोजी कार्य जारी रहेको बताएको छ । बम विष्फोटपछि सम्म मतदान सुरु भएको छैन भने विष्फोटामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।