काठमाडौं, मंसिर २७ । नेपाली कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशले आज शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ ।सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपाकी नेता विमला केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभालाई सम्बोधन गर्न नेता वामदेव गौतम र भीम रावल पनि सुर्खेत जाँदै हुनुहुन्छ ।सन्देश सभा प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुने छ ।यसअघि मंसिर १८ गते कर्णालीमा हुने भनिएको सन्देश सभा विशेष कारण देखाउँदै २७ गतेका लागि सारिएको थियो ।गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्