जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १०:२९

डोटीका २ स्थानमा भेटिएको बम सेनाद्वारा डिस्पोज


 

डोटी, १४ मंसिर । डोटीका दूईओटा स्थानमा बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिष्पोज गरेको छ ।
डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो भने यत आदर्श गाउँपालिका–२ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजे डिस्पोज गरेको छ ।

आदर्शनगर–२ मा भइरहेको निर्वाचनलाई लक्ष्य गरेर बम विस्फोट गराइएको भएपनि कुनै किसिमको भौतिक क्षती नभएको प्रहरीले जनाएको छ । विस्फोटमा विप्लव समूह संलग्न रहेको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।