जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १९:५२

सल्यानको कुमाख–५ मा नेकपाका बुढा विजयी


सल्यान, मंसिर १४

सल्यान, कुमाख–५ को वडाध्यक्षमा नेकपाबाट धर्मे बुढा विजयी हुनु भएको छ । उहाले ७९२ मत ल्याएर विजयी हुनु भएको हो ।

बढुाले निकटतम प्रतिद्धन्दी नेपाली कांगेसका उम्मेदवार खड्क बहादुर बोहरालाई ठुलो अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो । बोहोराले केवल २५१ मत मात्र ल्याउन सक्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल शाहले २१ मत ल्याउदा ६० मत बदर भएको थियो । सो वडामा ११२४ मतदाता रहेका थिए ।