जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १०:२३

सागको उसुमा पनि नेपाललाई स्वर्ण


काठमाडौं, मंसिर १७

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा आज विहान स्वर्ण जित्नु भएको छ । जारी सागमा नेपालको यो १६औं स्वर्ण हो।

उहाले सहभागी पाँच खेलाडीलाई पछि पार्दै स्वर्ण जित्नु भएको हो । उहाले ९.४८ अंक ल्याउदा दोस्रो भएका बंगलादेशका मोहमद ओमारले ९.३४ अंक र तेस्रो भएका भारतका अन्जुलले ९.१६ अंक प्राप्त गर्नुभएको थियो ।