जनता टाइम्स

४ माघ २०८२, आईतवार ०८:१४

नेशनल भोलेन्टियर फोर्स झापाको पहिलो भेला : जिल्ला कोअर्डिनेटर प्रमुख कमाण्डरमा विकास गिरी


झापा, माघ ४। नेकपा (एमाले) को जनवर्गीय सङ्गठन नेशनल भोलेन्टियर फोर्स झापाको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । भेलामा संगठनका केन्द्रीय प्रमुख कमान्डर पुष्प राज श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा पार्टीका झापा जिल्ला इन्चार्ज रोम नाथ ओली, पार्टी केन्द्रीय सदस्य इन्द्र भण्डारी, जिल्ला पार्टी उपाध्यक्ष शिव ढुङ्गेल, सचिव तुलसी कार्की, फोर्सका केन्द्रीय हेडक्वाटर सदस्य राजकुमार थापा, केन्द्रीय कमान्ड सदस्य जगत राई, प्रदेश प्रमुख युनिफाइड कमान्डर सुरज सावाँ राई तथा युवा संघका जिल्ला इन्चार्ज राज आङ्दाम्बे, रोशनी मेचे लगायतको उपस्थिति रहेको थियो ।

भेलाले जिल्ला कोअर्डिनेटर प्रमुख कमाण्डर रूपमा विकास गिरीलाई जिम्मेवारी दिएको छ भने सह–कमान्डरमा भानु लिम्बु र बाबु लिम्बुलाई चयन गरिएको छ । हाल झापा जिल्लामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स क्रियाशील रहेको जनाइएको छ ।

कार्यक्रममा नवनियुक्त जिल्ला कमान्डर टिम तथा सम्पूर्ण कमाण्डरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । नेताहरूले पार्टी र संगठनका गतिविधिमा अनुशासन, सेवा र जनसम्पर्कलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशनसमेत दिनुभएको थियो ।

नेशनल भोलेन्टियर फोर्सलाई पार्टीका कार्यक्रम, सामाजिक सेवा र आपतकालीन अवस्थाहरूमा सक्रिय भूमिकामा परिचालन गर्ने उद्देश्यका साथ संगठनलाई थप सुदृढ बनाइने नेताहरूको भनाइ थियो ।