काठमाडौं, कात्तिक ४ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा आज बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु–पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुहुने भएको छ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिले टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
विगतका वर्षमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राख्ने गरिएको भए पनि गत वर्षदेखि उक्त कार्यक्रम राखिएको छैन। मुलुकले विषम परिस्थितिको सामना गरिरहेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेकाले सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रम नराखिएको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्