काठमाडौं, कात्तिक ४ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।














प्रतिक्रिया दिनुहोस्