काठमाडौँ, माघ ४ । नेकपा (एमाले) ले अन्य दलको तुलनामा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारको संख्या बढाएको छ। सार्वजनिक गरिएको उम्मेदवार सूचीअनुसार विभिन्न जिल्लामा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छ।
बर्दिया, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, धनुषा, बारा लगायतका जिल्लामा महिला उम्मेदवार अघि सारिएको छ। पार्टीले संविधानको समावेशी भावना र समान प्रतिनिधित्वलाई व्यवहारमा उतार्न महिला उम्मेदवारलाई प्राथमिकता दिएको जनाएको छ।
विश्लेषकहरूका अनुसार प्रत्यक्ष निर्वाचनमा महिलाको संख्या बढ्नु नेपाली राजनीतिमा सकारात्मक संकेत मानिन्छ।













प्रतिक्रिया दिनुहोस्