काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाउनुभएको छ । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उहाँले स्वतः कार्यबाहकको जिम्मेवारी पाउनुभएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उहाँले कार्यबाहकको जिम्मेवारी पाउनुभएको हो । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।
मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिनुभएको हो । उहाँ केहीबेर अघिमात्र रास्वपा केन्द्रीय कार्यालय पुग्नुभएको छ। दिउँसो १ बजे नै पुग्ने भनिए पनि उहाँराजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।हाल उहाँ रास्वपाका वरिष्ठ नेता हुन् ।













प्रतिक्रिया दिनुहोस्