जनता टाइम्स

४ माघ २०८२, आईतवार १६:३३

‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ’: महेश बस्नेत


काठमाडौँ,  पुस  ४ । नेकपा एमालेका सचिव महेश बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने बताउनुभएको छ ।

आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनपछि आयोजना गरेको सभालाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताउनुभएको हो । ‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ’, बस्नेतले भन्नुभयो, ‘अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’ नेता बस्नेतले यस पटकको चुनावमा गुगलमा बालेन र रवि भूगोलमा केपी ओली हुने दाबी गर्नुभयो ।