काठमाडौं, ४ माघ । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ४ का लागि पूर्व घोषित उम्मेदवार परिवर्तन गर्दै पुनः एलपी साँवालाई नै चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ।
यसअघि मनोज ताम्लीलाई उम्मेदवार बनाउने तयारी भए पनि ताम्लीले निर्वाचन जित्ने सम्भावना कमजोर देखिएको विश्लेषण गर्दै पार्टीले हिजोको निर्णय उल्ट्याएको हो।एमालेले साँवालाई नै झापा–४ बाट उम्मेदवार बनाउने आज अन्तिम निर्णय गरेको हो।एमाले झापाका अध्यक्ष प्रेम गिरीका अनुसार, हिजो मनोज ताम्लीलाई उम्मेदवार बनाउने गरी तयार गरिएको मस्यौदालाई सच्याएर आज साँवाको नाम तय गरिएको हो।अघिल्लो निर्णयलाई परिमार्जन गर्दै पार्टीले अनुभवी र परीक्षण भइसकेका नेतालाई नै अघि सार्ने निष्कर्ष निकालेको बुझिएको छ।एलपी साँवा सोही क्षेत्रबाट वि.सं.२०७४ र २०७९ को निर्वाचनमा विजयी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्