जनता टाइम्स

५ माघ २०८२, सोमबार १५:०५

मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने बालेनलाई समयमा चिनौँ : सिके राउत


काठमाडौं,  माघ ५ ।   जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेस विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिन्न आग्रह गर्नुभएको हो ।उहाँले मधेसीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेसीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण भएको जिकिर गर्नुभएको छ ।

‘मधेसीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेसीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण हुन्, उहाँले लेख्नुभएको छ, जाहाँ पनि प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेस विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौँ, समयमा सचेत होऔँ, जय मधेश, जय स्वराज ।’

उहाँले यो काठमाडौंका निर्वतमान नगर प्रमुख बालेन्द्र साह प्रति लक्षित गर्दै लेख्नुएको हो ।