काठमाडौँ, माघ ५ । रौतहट, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा रौतहट १ बाट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपाबाट टिकट पाएका छन् भने नेकपा एमालेबाट गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्ताले टिकट पाउनुभएको छ ।
त्यस्तै सोही क्षेत्रबाट जनता समाजवादी पार्टीका नेता योगेन्द्र राय यादवले टिकट पाएका छन्। नेपाली कांग्रेसले भने आधिकारिक घोषणा नगरे पनि अनिल झाले टिकट पाउने कांग्रेस स्रोतले जनाएको छ। यो क्षेत्र माधव नेपालले २०७९ को चुनावमा जितेको क्षेत्र हो। सो निर्वाचनमा माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएउनुभएको थियो । नेपालले ६ हजार ६ सय मतान्तरले चुनाव जित्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्