म्याग्दी, माघ ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिनु भएका महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ।
मन्त्री पदबाट राजीनामा दिएपछि पुन म्याग्दी पुग्नु भई आज निर्वाचन कार्यालयमा उपस्थित भएर स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनु भएको हो। उहाँको उम्मेदवारीसँगै म्याग्दीमा निर्वाचन माहोल थप चर्किएको छ।
राजीनामापछि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गर्नु भएका पुनले निर्वाचनमार्फत जनताबाट प्रत्यक्ष जनादेश लिने लक्ष्यसहित उम्मेदवारी दिएको बताइएको छ। यद्यपि उहाँले उम्मेदवारीसँग सम्बन्धित थप धारणा सार्वजनिक रूपमा राख्नु भएको छैन।
महावीर पुनको उम्मेदवारीलाई म्याग्दीमा राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्