जनता टाइम्स

९ फाल्गुन २०८२, शनिबार १२:३३

एमाले नागरिकका दुःख–सुखमा सधैँ साथमा रहन्छ : माधवप्रसाद ढुंगेल


काठमाडौं, फागुन ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुंगेलले नेकपा एमाले नागरिकका दुःख–सुख र अप्ठेरोमा सधैँ साथमा रहने पार्टी भएको बताउनुभएको छ।

ढुंगेलले नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीले शनिबार कोटेश्वरमा आयोजना गरेको उपत्यका केन्द्रित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो। उहाँले नागरिकका हरेक समस्यामा प्रत्यक्ष बसेर छलफल गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताको विश्वास र साथलाई एमालेले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले पार्टी सधैँ जनताको पक्षमा उभिने बताउनुभयो।

ढुंगेलले एमाले जस्तो व्यवस्थित, ठूलो र सुसंगठित पार्टी अन्य कुनै नभएको दाबी गर्नुभयो। पार्टीको संगठन शक्ति र जनाधारकै कारण आगामी निर्वाचनमा एमालेले जीत हासिल गर्ने उहाँको दाबी थियो। ‘सबैको विश्वास जितेर हामीले संसदमा नेतृत्व गर्ने छौँ,’ उहाँले भन्नुभयो।