जनता टाइम्स

१४ फाल्गुन २०८२, बिहीबार १०:३९

दाङ क्षेत्र नम्बर २ मा नेशनल भोलिन्टियर फोर्सको भेला तथा प्रशिक्षण सम्पन्न, २५ सदस्यीय कमाण्ड घोषणा


दाङ, फागुन १४। नेशनल भोलिन्टियर फोर्स दाङ जिल्ला क्षेत्र नम्बर २ तथा घोराही उप–महानगरपालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम त्रिभुवन बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको हो। भेलामा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। यस्तै, संगठनका केन्द्रीय प्रमुख कमाण्डर पुष्प श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा हेडक्वाटर सदस्य सागर भट्ट, कृष्ण सागर ओली तथा युवा परिचालन कमिटीका संयोजक विवेक श्रेष्ठ लगायत विभिन्न तहमा जिम्मेवारी निर्वाह गरिरहनुभएका नेताहरुको  समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा भीम थापाको प्रमुख कमाण्डमा २५ सदस्यीय कमाण्डर टोली घोषणा गरिएको आयोजकले जनाएको छ। भेलाले संगठन सुदृढीकरण, प्रशिक्षण तथा आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसमेत गरेको बताइएको छ। भेलाबाट जिम्मेवारी प्राप्त गर्नुहुने नेताहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।