जनता टाइम्स

१६ फाल्गुन २०८२, शनिबार १०:१२

रास्वपालाई धक्काः निर्वाचनको मुखैमा १४ नेताले एकसाथ छाडे पार्टी (पत्रसहित)


काठमाडौं,  फागुन  १६। बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्।

यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्‍याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्।

यसैगरी, वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाईं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन्।

यसअघि प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिनुभएकाे थियाे। उहाँ नेपाली कांग्रेसमा फर्किनु भएकाे छ। १४ जना पनि राणा निकट मानिन्छन्।