जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार २३:०२

काठमाडौं–३ को मतगणना सुरु


काठमाडौं, फागुन २१। काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

बिहीबार मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकपछि राति १०ः३५ बजेदेखि मतगणना सुरु गरिएको हो। मतगणना गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको छ।

मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ । मतपेटिकाहरू रुजु भएपछि अहिले केहीबेरबाट मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, एमालेका रामेश्वर फुयाल, रास्वपाका राजु पाण्डे, नेपाली कांग्रेसबाट रमेश अर्याल लगायत प्रतिस्पर्धामा छन् ।