जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार ०६:५४

झापा-५ मा सुरुवाती चरणमै बालेनसँग पछि परे केपी ओली


काठमाडौं, फागुन २२ । निर्वाचनको इपिसेन्टर बहुप्रतिक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।

प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन। कूल एक हजार ४ सय मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याउनु भएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।