चितवन, फागुन २२। चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेले सुरुवाति अग्रता लिएको छ ।
एमाले उम्मेदवार दावा दोर्जे लामाले ३ सय ९६ मत प्राप्त गरी सुरुवाती अग्रता लिनुभएको हो । लामालाई नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १ सय ९६ मतका साथ पच्छ्याइरहनुभएको छ ।
यता यसअघि निर्वाचित हुनुभएका रास्वपा उम्मेदवार हरि ढकाल भने तेस्रो स्थानमा पर्नुभएको छ । ढकालले ७१ मत प्राप्त गर्नुभएको छ भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्