जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार १९:५३

प्रधानमन्त्रीको आदेशमा नुन रिसोर्सेस म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ वटा राहदानी र नगद बरामद


काठमाडौं, बैशाख २५ । राजधानीको नुन रिसोर्सेस म्यानपावरमा श्रम मन्त्रालयले छापा मारेको छ ।

सेक्युरिटी गार्डमा मलेसिया जाने तयारीमा रहेका अमितकुमार झाको प्रक्रिया अगाडि बढाउने क्रममा म्यानपावरले २ लाख ५० हजार मागेको उजुरीका आधारमा मन्त्रालयले छापा मारेको हो । नेपाल प्रहरीको सहयोगमा मन्त्रालयले छापा मारेको हो ।  श्रम मन्त्रालय र विभागमा परेको उजुरीका आधारमा मारिएको छापाबाट ४३७ वटा पासपोर्ट र ठूलो मात्रामा रकम समेत बरामद गरिएको छ ।

उक्त म्यानपावरविरूद्ध प्रधानमन्त्री कार्यालयमा भएको उजुरी र सो उजुरीलाई प्रधानमन्त्री कार्यालयले वैदेशिक रोजगार विभागमा पठाएको उजुरीका आधारमा नेपाल प्रहरीको सहयोगमा छापा हानिएको हो । सो म्यानपावरका सञ्चालकले ब्यापक रकम असुली गरेको भन्दै उजुरी परेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।