काठमाडौं वैशाख २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जीवनी लेख्न नहिँडेको बरू इतिहास लेख्न हिँडेको बताउनुभएको छ ।
आइतबार सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रमको समापनमा बोल्दै उहाँले आफूलाई जीवनीप्रति कुनै रूचि नभएको बताउनुभएको हो ।‘कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री प्रधानमन्त्री बन्न, जीवनमा त्यसैको उद्देश्यमा लागेर हिँडेको हुँ। कसैलाई लाग्छ भने त्यो पूर्णरूपमा भ्रम हो,’ उहाँले भन्नुभयो , ‘ म जीवनी लेख्न हिँडेको होइन इतिहास लेख्न हिँडेको हुँ। मलाई जीवनीमा त्यति रुचि छैन।’उहाँँले रास्वपा अहिले जहाँ उभिएको छ, त्यो इतिहास लेख्ने ठाउँ भएको पनि बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्