जनता टाइम्स

२८ बैशाख २०८३, सोमबार ०८:२१

स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणको क्रममा आगो देखिएपछि


काठमाडौं, बैशाख २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेपछि बिमानस्थलमा तनाव भएको छ । अहिले दमकल प्रयोग गरेर बिमानको आगो निभाइएको छ ।

यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा एक्कासी आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको र यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

आगो लागेको टर्किस एयरको सो विमानमा ४ बच्चासहित २७७ यात्रु रहेका थिए । उनीहरु सबैको उद्धार गरिएको छ । सबै सुरक्षित रहेका छन् । केहीलाई उद्धारका क्रममा सामान्य चोट लागेको छ ।

विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको हो । उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको हो ।