इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएपछि बिहानैबाट सबै उडान ठप्प भएको छ । स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणको क्रममा एकाएक आगो देखिएपछि
काठमाडौं, बैशाख २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवै उडान ठप्प भएको छ । आज बिहान पौने सात बजे अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएपछि सवै उठान रोकिएका हुन ।
सोमबार बिहान पौने ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेको हो । विमानस्थल स्रोतका अनुसार विमान रनवेमा चिप्लिएको थियो । दमकल प्रयोग गरेर आगो निभाइएको छ ।
विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा एक्कासी आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको र यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।
आगो लागेको टर्किस एयरको सो विमानमा ४ बच्चासहित २७७ यात्रु रहेका थिए । उनीहरु सबैको उद्धार गरिएको छ । सबै सुरक्षित रहेका छन् । केहीलाई उद्धारका क्रममा सामान्य चोट लागेको छ ।
विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको हो । उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको हो ।

सो जहाज अहिले विमानस्थलको मुख्य धावनमार्गमै रोकिएको छ । प्राविधिकहरुले जहाजको परीक्षण गरिरहेका छन् । परीक्षण सकिएपछि त्यसलाई धावनमार्गबाट हटाइने छ । जहाजमा आगो देखिएर मुख्य धावनमार्गमै रोकिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ ।
जहाज धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान र अवतरण बन्द रहेको बताउनु भयो ।
इस्तानबुलबाट काठमाडौं आएको त्प्ठद्दट जहाज आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । सो आगो दमकल प्रयोग गरी निभाइएको थियो । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो जहाजमा ४ बच्चासहित २७७ यात्रु छन् । उनीहरु सबै सुरक्षित छन् । जहाजमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुको हातमा चोट लागेको छ ।













प्रतिक्रिया दिनुहोस्