ललितपुर, असार ६। ललितपुरको बालकुमारी क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारी पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाएको जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहोराका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड फायर गर्नुपरेको हो ।
घटनाका क्रममा कोही घाइते भए नभएको तथा बरामद लागूऔषधको परिमाणबारे विवरण आउन बाँकी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्