चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन हुने स्थल भरतपुरस्थित एक गेस्टहाउस चौर गएरातिको भारी वर्षापछि जलमग्न बनेको छ।
बिहीबार राति परेको वर्षासँगै टेन्टभित्र पानी जम्दा उद्घाटनका लागि तयार पारिएको मञ्च क्षेत्रमै पानीको दह बनेको हो। पानी निकासका लागि अहिले मोटरको प्रयोग गरी पानी हटाउने काम भइरहेको छ भने मञ्च निर्माण र व्यवस्थापन कार्य पनि निरन्तर जारी छ।
दिउँसो २ बजेबाट सुरु हुने महाधिवेशन उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै स्थलमा अन्तिम तयारी तीव्र पारिएको आयोजकहरूले जनाएका छन्।
उद्घाटन समारोह पार्टी सभापति रवि लामिछाने र नेता वालेन्द्र शाह ले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।
तर वर्षाका कारण उत्पन्न असहज अवस्थाले कार्यक्रम व्यवस्थापनमा केही चुनौती थपिएको देखिन्छ।
महाधिवेशनलाई लिएर स्थल वरपर सुरक्षासहितको व्यवस्थापन कडा पारिएको छ भने कार्यकर्ताहरूको भीड पनि बढ्न थालेको छ।













प्रतिक्रिया दिनुहोस्