जनता टाइम्स

७ असार २०८३, आईतवार १०:५४

योगेशले दिए रवि-बालेनलाई दिल खोलेर शुभकामना, गरे उच्च प्रसंशा


काठमाडौं, असार ७ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताउनु भएको छ ।

आजदेखि चितवनमा सुरु हुन गइरहेको रास्वपाको प्रथम महाधिवेशनको अवसरमा पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनु भएको हो । उपमहासचिव भट्टराईले जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको आफ्नो निश्कर्ष पनि राख्नुभएको छ ।

‘संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु भइरहेको छ। म यस महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,’ स्थापनाको छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ। जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको छ।’

एमाले उपमहासचिव भट्टराईले लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, खुला र बहुलवादी समाज नेपाली जनताको एक शताब्दी लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि भएको बताउनु भएको छ। साथै, संसद्को ठुलो दल अनि एकल सरकार सञ्चालनको नेतृत्व गरिरहेको दलबाट यी मूल्य(मान्यताबारे उच्च सम्मान र प्रतिबद्धताको अपेक्षा गरिएको उहाँको भनाई छ ।

यस्तो छ योगेशको बिचार
संसदको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु भइरहेको छ। म यस महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।
स्थापनाको छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ। जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको छ।
लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, खुला र बहुलवादी समाज नेपाली जनताको एक शताब्दी लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि हुन्। संसदको ठुलो दल अनि एकल सरकार सञ्चालनको नेतृत्व गरिरहेको दलबाट यी मूल्य(मान्यताबारे उच्च सम्मान र प्रतिबद्धताको अपेक्षा गरिन्छ।