काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा आफै आउने खवर पाएपछि भरतपुरमा तरंग देखिएको छ । पुराना पार्टीका प्रमुख नेता कोही नआउने जानकारी पाएर बसेका रास्वपाका नेतादेखि कार्यकर्तासम्म सभापति रवि लामिछानेलाई जेलमा कोचाउने प्रमुख पात्र गगन आफै आउने भएपछि केही तरंगित बनेका हुन ।
गगनको सहभागिताको सूचनापछि सहभागीहरु आफैबीच ‘सहकारी र बाख्रा’ को कथा भनिरहेको जताततै सुन्न थालिएको छ । रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापाबीच गज्जवको सम्बन्ध छ ।
कुनैबेला दाजुभाई भनेर हलगोरु बनेका यी दुई पात्रमध्ये रवि केपी ओलीतिर मिल्न पुगेपछि सहकारी ठगको बिल्ला भिराइदिने गगन बने । गगनले नै २७ जनाको आफ्नो खोजी टीम परिचालन गरेर रविले सहकारी ठगेको प्रमाण जुटाएको भन्दै संसदमा उपद्रो मच्चाए ।
प्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष केपी ओली सहकारी ठगीको बिषयमा खासै चासो नदिएर बसेपनि गगनकै कारण संसदीय छानविन समिति बन्यो । सूर्य थापा नेतृत्वको त्यही समितिले ग्यालेक्सी टीभीको नाममा हुनसम्मको बदमासी भएको तथ्य बाहिर ल्यायो । गगन दंग बने ।
रविको निम्तो मान्न गगन त्यहाँ गएका हुन । यो दृष्य देखेर भरतपुरतिर ‘सहकारीभित्रै छिरेर बाख्रा कराउने’ भन्ने चर्चा खुवै चलेको छ । सहभागीहरू पनि भनिरहेका छन, ‘सहकारीमा बाख्रा कराउने दिन आज रे…’

रवि सकाउने खेलमा गगन सफल भए तर उनीमाथि रविका कार्यकर्ताले बाख्राको उपमा भिराइदिए । सुरुमा केशव स्थापितले ‘हेल्लो गगनजी बाख्रा खोई ?’ भन्दै प्रश्न गरेपछि बाखा–बाख्रा बनेका गगन र सहकारी ठगीमा गगनले नै जाकेका रवि आज एकै मञ्चमा एकसाथ सहभागी हुँदैछन ।
रविको निम्तो मान्न गगन त्यहाँ गएका हुन । यो दृष्य देखेर भरतपुरतिर ‘सहकारीभित्रै छिरेर बाख्रा कराउने’ भन्ने चर्चा खुवै चलेको छ । सहभागीहरू पनि भनिरहेका छन, ‘सहकारीमा बाख्रा कराउने दिन आज रे…’













प्रतिक्रिया दिनुहोस्