जनता टाइम्स

८ असार २०८३, सोमबार १८:४९

रास्वपा महाधिवेशनमा सुरु हुनसकेन बन्द सत्र, भोलिसम्मका लागि स्थगित


काठमाडौं, असार ८ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र सुरु नै नभई स्थगित गरिएको छ ।

उदघाटनको २४ घण्टा बित्दासमेत प्रतिनिधि बिवादले बन्द सत्र सुरु नभएको हो । अव आज बन्द सत्र सुरू नहुने आयोजकले जनाएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएको हो ।

आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । बन्द सत्र सु नभएपछि प्रतिनिधिहरु हलमा सुतेका दृष्य यत्रतत्र देखिएको छ । यो शैलीको महाधिवेशन प्रतिनिधिले कडा आलोचना गरेका छन ।