बारा, असार ८ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका एक पैदल यात्रुलाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घले ले जानकारी दिनुभयो।
मृत्यु हुनेमा सभ्य अधिकारी र डिजेन जोशी रहेका छन्। सभ्य अधिकारी बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया घर भई हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएको थियो भने डिजेन जोशी काठमाडौंको टोखा नगरपालिकाका निवासी हुनुहुन्थ्यो।
दुर्घटनामा ज्यान गुमाएका पैदल यात्रुको पहिचान भने हालसम्म खुल्न सकेको छैन।
घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।













प्रतिक्रिया दिनुहोस्