जनता टाइम्स

१० असार २०८३, बुधबार १७:०१

रास्वपामा लोकतन्त्रकै चिरहरण : ७ सेकेन्डमै प्रतिवेदन पारित, प्रतिनिधिले मुखै खोल्न पाएनन्


चितवन, असार १० । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा लोकतन्त्रकै चीरहरण भएको छ ।

रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहले महाधिवेशन प्रतिनिधिलाई ‘दास र लास’ प्रमाणित गर्न चालेको सुनियोजित चालका कारण महाधिवेशनको बन्द शत्रमा लोकतन्त्रको हाकाहाकी चीरहरण भएको हो । महाधिवेशन प्रतिनिधिहरूसँग जनताटाइम्स डटकम प्रतिनिधिले बन्द शत्रको प्रकृया, प्रतिवेदन प्रस्तुती र सामुहिक छलफलको बिषयमा गरेको प्रश्नमा सवैले ‘चुपचाप’ बस्न बाध्य बनाइएको बताए ।

‘रबि दाई र बालेन दाई त कुरा सुन्ने मुडमै देखिएनन । यी प्रतिनिधिहरूको काम चुपचाप हाम्रो आदेश पालना गर्ने हो भन्ने हाउभाउ देखियो । सभापतिले सुरुमै बेस्सरी थर्काएपछि कोही बोल्ने आँट गरेनन, आँट गर्नेलाई पनि मुख खोल्नै दिइएन,’ करिव दुई दर्जन प्रतिनिधिको साझा धारणा थियो । उनीहरूका अनुसार बन्दशत्रमा सभापति लामिछानेसहित महामन्त्री र उपाध्यक्ष स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिवेदन ७ सेकेण्डमा पारित भएको थियो ।

‘माथिबाट पारितका लागि ताली बजाउन भनियो, चुपचाप ताली बजाएर बन्द शत्रमा प्रतिवेदन पारित भयो,’ उनीहरुको भनाई छ । असार ७ गते उदघाटन भएको रास्वपाको महाधिवेशनको बन्द शत्र बुधवार दिउसो २ बजेपछि मात्र सुरु भएको थियो । ४८ घण्टासम्म चितवनको गर्मीमा प्रतिनिधिलाई बेहाल बनाएर बन्द शत्र सुरु भएको तर त्यहाँ नीतिमा प्रतिनिधिले सुझाव दिनु त परको कुरा मुखै खोल्न नपाएको भन्दै गुनासो गरे । नयाँ भनेको नयाँ नै हो भनेर चित्त बुझाइयो भन्दै ताली ठोकेको उनीहरुको गुनासो छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

 

पहिलो महाधिवेशनमै सत्तारुढ दलले सरकारको आगामी योजना र मुलुकलाई समृद्ध बनाउन गर्नुपर्ने कामबारे कुनै छलफलसमेत गरेन । ‘यस्तो महाधिवेशन कुनै पार्टीको देखेको थिइएन, प्रतिनिधिले बन्द शत्रमा बोल्नै नपाएको महाधिवेशन हाम्रै भयो,’ उनीहरुको भनाई छ । यता महाधिवेशनमा रवि लामिछाने समुहभित्रै चर्काे उपगुट रहेको र बालेनदेखि बिवेकशील साझाबाट आएकाहरु पनि उपगुटमा देखिएको छ ।

यता निर्वाचन समितिले अझै महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो लगाउन सकेको छैन तर निर्वाचन प्रकृया अघि बढाएर उम्मेद्वारी दर्ता गराउनुका साथै सभापति रबि लामिछाने निर्बिरोध भएको घोषणा गरेको छ । सभापतिमा उम्मेद्वार दिने घोषणा गरेका बाराका प्रतिनिधि अभिषेक गुप्ता कानूको प्रतिनिधि नै खारेज गरेर लोकतन्त्रको हुर्मत लिइएको छ । सभापतिबिरुद्ध उठने घोषणा गरेकै कारण उनको नाम काटेर हटाइएको प्रतिनिधिहरुले बताएका छन ।

बन्द शत्रमा देखिएको घटनाक्रममा रास्वपा पार्टीको रुपमा नभई महाराज र बडामहाराजको भारदारी सभा जस्तो देखिएको प्रतिनिधिहरुले बताउनु थालेका छन । उनीहरुका अनुसार सभापति लामिछाने महाराज र प्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता बालेन शाहले बडामहाराजको भूमिका देखाउनु भएको छ ।