जनता टाइम्स

१० असार २०८३, बुधबार १७:१८

रास्वपा केन्द्रीय सदस्यको उम्मेद्वार सूची सार्वजनिक, यी हुन् उम्मेदवारी दर्ता गराउनेहरू (सूचीसहित)


चितवन, असार १० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा ३ सय ८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

रास्वपाको निर्वाचन आयोगले बुधबार दिउँसो सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीमा ३८४ जनाको उम्मेदवारी परेको उल्लेख छ ।

यद्यपी उम्मेद्वारमाथिको दावी बिरोधको बाँकी नै रहेको छ । यी उम्मेदवारबाट रास्वपाको केन्द्रीय समितिमा ९९ जना निर्वाचित हुन्छन् । उम्मेदवार धेरै भएपछि निर्वाचनबाट ९९ जना छान्ने रास्वपाको तयारी छ ।