काठमाडौँ, असार १० । आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल सर्वोच्च अदालत पुग्नुभएको छ।उहाँले पक्राउ गैरकानुनी भएको दावी सहित पौडेललाई थुनामुक्त गर्न आदेशको माग गर्नुभएको हो ।रिट निवेदक पौडेलले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाउनुभएको छ ।निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।विशेष अदालतले मंगलरबार पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो ।पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उहाँलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर मंगलबार अदालत उपस्थित गराइएको थियो ।













प्रतिक्रिया दिनुहोस्