जनता टाइम्स

१३ असार २०८३, शनिबार ०९:२७

छोराको कुटाइबाट आमाको मृत्यु


काठमाडौं,  असार १३ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोकमा छोराको कुटाइबाट आमाको ज्यान गएको छ ।शुक्रबार साँझ करिब ७स्४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको २४ वर्षीय छोरा किरण चौधरीको कुटपिटबाट मृत्यु भएको हो ।
घाइते चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएको र राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । छोरा किरण पक्राउ परेका छन् ।