चितवन, असार १७ । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द भएको छ ।
निकुञ्ज प्रशासनले वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने र पर्यटकको ज्यान खतरामा पर्न सक्ने जनाएर आजबाट जङ्गल सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
‘वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ,’ थापामगरले भन्नुभयो ।
निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्दै आएको छ । निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँको भनाई छ ।
चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दा
गरेको छ ।













प्रतिक्रिया दिनुहोस्