जनता टाइम्स

२३ असार २०८३, मंगलवार ०८:०७

सम्पत्ति शुद्धीकरण विभागले जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन पुर्जी जारी


काठमाडौं,  असार  २३। सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिँदै पुर्जी जारी गरेको छ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा आवश्यक जानकारी लिनुपर्ने भएकाले सात दिनभित्र उपस्थित हुन पुर्जी जारी गरेको जनाएको छ। उक्त पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा टाँस गरिएको बताइएको छ।

यसअघि विभागले शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि उपस्थित हुन बोलाइसकेको छ। देउवा दम्पतीले भने साउन मसान्तभित्र विभागमा उपस्थित हुने जानकारी गराइसकेको स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण विभागले यस प्रकरणमा आवश्यक अनुसन्धान र जाँचबुझको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।