काठमाडौं, असार २३ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा नयाँ पार्टी बनाउनुपर्नेमा नेताहरूले जोड दिएका छन्। उनीहरू सभापति गगन थापाको नियत र योजना नै गलत भएकोले एकता सम्भव नभएको तर्कसहित अब विकल्प खोज्न शीर्षनेतालाई सुझाव दिएका हुन ।
कांग्रेसको गत पुस २७ गतेदेखि काठमाडौमा भएको बिशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित हुनुभएको हो । पार्टी नेतृत्व कब्जा गरेपछि थापामा आफ्नो एकाधिकार जमाउनेबाहेक अरु कुनै योजना नभएको र कांग्रेसका स्थापित नेता कार्यकर्तालाई निकाल्ने योजना मात्रै रहेको भन्दै नेताहरुले अव पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने उनीहरूको मत थियो।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा बोलेका नेताहरूले निर्णय गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका हुन्। दोस्रो दिनको बैठकमा बोलेका अधिकांश नेताहरूले एकता वा नयाँ पार्टीबारे छिटो निर्णय गर्नुपर्ने धारणा राखेका छन्।
बैठकमा बोल्ने अधिकांश त वक्ताहरूको कुरा नै के छ भने अब अलमल नगरौँ, जे गर्ने हो छिटो गरौँ, नयाँ पार्टी खोलिहालौं भन्ने रहेको छ । कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बैठकमा बोल्ने सवैले अव ढिला नगरौं भन्नेमा एकमत देखिएको बताउनु भयो । उहाँले पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ र एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने विषयमा पाँच जना नेताले धारणा राखेको जानकारी दिनुभयो । सबैले पार्टी एकताबारे चिन्ता जनाएको उहाँको भनाइ छ।
‘पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ ? एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ र राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई जोडेर आज बोल्ने क्रममा वक्ताहरू सबैले नै पार्टी एकताको चिन्ता पनि गर्नुभएको छ,’ बिश्वकर्माले भन्नुभयो ।
कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बैठकमा बोल्ने सवैले अव ढिला नगरौं भन्नेमा एकमत देखिएको बताउनु भयो । उहाँले पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ र एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने विषयमा पाँच जना नेताले धारणा राखेको जानकारी दिनुभयो । सबैले पार्टी एकताबारे चिन्ता जनाएको उहाँको भनाइ छ।

कांग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एकठाउँ बस्नुपर्ने, साझा निर्णय गर्नुपर्ने, वैकल्पिक शक्ति निर्माण गर्नुपरे वा वैकल्पिक संगठन नै निर्माण गर्नुपरे पनि अब हच्किनु नहुने उनीहरूले धारणा राखेको विश्वकर्माले प्रष्ट पार्नुभयो ।
‘नेपाली कांग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एकठाउँ बस्नुपर्यो, साझा निर्णय गर्नुपर्यो र वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अथवा वैकल्पिक संगठन नै निर्माण गर्नुपरेमा पनि हामी हच्किनु हुँदैन अथवा त्यसमा हामी धेरै आशंकाहरू गर्नु हुँदैन, लिएर अगाडि जानुपर्छ भन्ने राय अधिकांश वक्ता साथीहरूको आएको छ,’ बिश्वकर्माले भन्नुभयो ।
सोमबारदेखि सुरु भएको बैठक पनि जारी छ। बिश्वकर्माका अनुसार अव बुधबार दिउँसो २ बजे चुनदेवीस्थित सम्पर्क कार्याल्यमा बैठक बस्ने छ ।














प्रतिक्रिया दिनुहोस्