जनता टाइम्स

२३ असार २०८३, मंगलवार २१:११

नक्कली शरणार्थी प्रकरण : ७ जनाले पाए सफाइ, बाँकी अधिकांश दोषी ठहर


काठमाडौं, २३ असार । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै ७ जनालाई सबै आरोपबाट सफाइ दिएको छ भने पूर्वमन्त्रीसहित अधिकांश प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै ७ जनालाई सफाइ दिएको हो। अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालगायतलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।

अदालतले टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापालाई भने सबै आरोपबाट सफाइ दिएको छ।

दोषी ठहर भएका व्यक्तिहरूलाई कसुरअनुसार ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा मतियारसम्बन्धी आरोपमा दोषी ठहर गरिएको अदालतले जनाएको छ। उनीहरूको सजाय निर्धारण (सुनुवाइ) भने अदालतले आगामी चरणमा गर्नेछ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलेको आरोपमा यो मुद्दा दर्ता भएको थियो। यस प्रकरणमा पूर्वमन्त्री, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका पूर्वअधिकारी तथा बिचौलियासमेत प्रतिवादी बनाइएका थिए।

 

क्र.सं. नाम फैसला ठहर भएका आरोप
बालकृष्ण खाँण दोषी ठहर ठगी तथा संगठित अपराध (मतियार)
टोपबहादुर रायमाझी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनारायण पाण्डे दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनाथ रिजाल दोषी ठहर ठगी, संगठित अपराध, ठगी तथा संगठित अपराध (मतियार)
सानु भण्डारी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
केशव दुलाल दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टंककुमार गुरुङ सफाइ सबै आरोपबाट सफाइ
सन्दिप रायमाझी सफाइ सबै आरोपबाट सफाइ
रामशरण केसी सफाइ सबै आरोपबाट सफाइ
१० सन्देश शर्मा दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
११ गोविन्द चौधरी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१२ आशिष बुढाथोकी सफाइ सबै आरोपबाट सफाइ
१३ सागर राई दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१४ शम्सेर मियाँ दोषी ठहर ठगी, संगठित अपराध (मतियार)
१५ आङटावा शेर्पा दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१६ डा. इन्द्रजीत राई दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१७ नरेन्द्र केसी दोषी ठहर ठगी, संगठित अपराध (मतियार)
१८ केशव तुलाधर सफाइ सबै आरोपबाट सफाइ
१९ हरिभक्त महर्जन दोषी ठहर ठगी तथा संगठित अपराध (मतियार)
२० लक्ष्मी महर्जन सफाइ सबै आरोपबाट सफाइ
२१ मोहनराज राई विवरण उपलब्ध छैन
२२ निरञ्जन कुमार खरेल दोषी ठहर ठगी तथा संगठित अपराध (मतियार)
२३ प्रतिक थापा सफाइ सबै आरोपबाट सफाइ
२४ बेचन झा दोषी ठहर ठगी