जनता टाइम्स

२४ असार २०८३, बुधबार ०८:५८

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान शुरु


काठमाडौं, जेठ २४ । पटक–पटक विद्युत् अवरुद्ध अर्थात् (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरु गरेको छ ।मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ ।विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्ब र ११५० वा ११५१ मा सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।