जनता टाइम्स

२४ असार २०८३, बुधबार १७:०९

काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त


काठमाडौं, असार २४ ।  सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरज शाक्य (काठमाडौं)लाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।