काठमाडौं, २५ असार। युक्रेनले प्रयोग गर्ने स्टारलिंक स्याटेलाइट इन्टरनेटमार्फत सञ्चालित ड्रोन आक्रमण रोक्न रूसले शक्तिशाली इलेक्ट्रोनिक जामिङ प्रणाली तैनाथ गरेको रोयटर्सले जनाएको छ। ‘भोल्ना कुपोल गारान्ट’ नामक उक्त प्रणालीले करिब २० वर्ग किलोमिटर क्षेत्रमा स्टारलिंकको सिग्नल अवरुद्ध गर्न सक्ने बताइएको छ। युक्रेनले भने यस्ता जामिङ प्रणालीलाई नै निशाना बनाएर दुई वटा प्रणाली नष्ट गरिसकेको दाबी गरेको छ। विज्ञहरूले रूसले यस्तो प्रविधिको प्रयोग विस्तार गरे युक्रेनको ड्रोन रणनीतिमा ठूलो चुनौती थपिने बताएका छन्।
रूसले स्टारलिंक जाम गर्ने प्रणाली प्रयोग गर्न थाल्यो













प्रतिक्रिया दिनुहोस्